धनकुटामा जेष्ठ नागरीकहरुको निःशुल्क स्वास्थ्य जाँच
धनकुटा खबर । धनकुटा अस्पतालले मुलघाट स्थित बिश्रान्ति बृद्धाआश्रममा निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरेर बृद्धाबृद्धाहरुको स्वास्थ्य परिक्षण गरेको छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको बार्षिक कार्यक्रम अन्तर्गत आश्रमका ६० जना र स्थानियबासीहरुको नि:शुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।
शिविरमा नाक, कान, घाँटी, प्रेसर जाँच लगाएतका जनरल जाँच गरिने अस्पतालका प्रमुख तथा मेडिकल सुररिटेन्डेन डा.फडिन्द्र बरालले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति धनकुटाका सभापति टंक चौहानको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीले शिविरको उत्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बृद्धबृद्धाहरुलाई छाता,तौलिया र खानेकुरा बितरण गरिएको थियो ।
कार्यक्रममा समाजसेवी टिका प्रसाद लामिछाने र नेपाल पत्रकार महासंघ धनकुटाका सचिव बिदुर खवासले शिविर सफलताको शुभकामना दिनुभएको थियो ।


