भोली क्षयरोग दिवस मनाईदै

धनकुटामा क्षयरोग दिवसको अवसरमा अन्त्तरक्रिया सम्पन्न

धनकुटा खबर, जिल्ला स्वास्थ्य कार्यालय धनकुटाको आयोजनामा आज विभिन्न संचार माध्यममा कार्यरत पत्रकार तथा संचारकर्मीहरुसँग क्षयरोग दिवसको अवसरमा अन्त्तरक्रिया सम्पन्न भएको हो ।

सवै तहको सक्रिय नेतृत्वको प्रतिवद्धता, क्षयरोगमुक्त नेपालको सुनिश्चितता भन्ने नाराका साथ विश्व भोली क्षयरोग दिवस मनाईदै छ ।

धनकुटा जिल्लाभरी माघ महिनासम्म जम्मा ४० जना क्षयरोगीहरुको उपचार भइरहेको अन्त्तरक्रिया कार्यक्रममा क्षयरोग कार्यक्रमका फोकल पोइन्ट सुजा अमात्यले बताईन ।

क्षयरोग उन्मुलन गर्नको लागि संचार जगतको महत्वपूर्ण भूमिका रहने हुनाले विश्व क्षयरोग दिवस पत्रकार तथा संचारकर्मीहरुसँग बसेर कार्यक्रम गरिएको जिल्ला स्वस्थ्य कार्यालय धनकुटाका प्रमुख डा.फडिन्द्र प्रसाद बरालले बताए ।

जिल्ला स्वस्थ्य कार्यालय धनकुटाका प्रमुख डा.फडिन्द्र प्रसाद बरालको अध्यक्षतामा अन्त्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । क्षयरोग सवैको सक्रिय नेतृत्वबाट सन् २०५० सम्म नेपालबाट उन्मुलन गर्ने सरकारको योजना रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖