नेपाल का अर्का क्रिकेटर पनि अन्तराष्ट्रिय लिगमा समावेश !

काठमाडौं । नेपालका सन्दीप लामिछानेले अन्राष्ट्रियस्तरकै सबैभन्दा चर्चित क्रिकेट प्रतियोगितामा खेल्ने अवसर पाएर सनसनी मच्चाउन नपाउँदै नेपालकै अर्का एक क्रिकेटर पनि विदेशी भूमिमा आफ्नो क्षमता देखाउन उत्कृष्ट सफल भएका छन् ।

नेपाली युवा क्रिकेटर अनिलकुमार साहले सिंगापुरको एलिट प्लेयर टी–२० सिरिज खेल्ने भएका छन् । उनी क्रिमसनमा आवद्ध भएका हुन् । यो टिमको प्रशिक्षक पाकिस्तानका बिलाल ससद हुन् भने अमजाद महबुबको कप्तानीमा रहेको टिममा जिम्बाब्वेका ङरभा पनि छन् ।

प्रतियोगितामा तीन टिम छन्, जसले समूह चरणमा चार खेल खेल्नेछन् । १ मेमा एउटा टिमले दुई खेल खेल्नेछ । त्यसपछि हरेक दिन एक खेल हुनेछ र फाइनल मे ५ मा छ ।

यो प्रतियोगिता सिंगापुरको यू–१९ तथा केही सिनियर खेलाडीलाई लक्षित गरेर आयोजना गरिएको हो, जसले भोलि सिंगापुरको टिममा स्थान बनाउन सक्छन् । तर, जिम्बाब्वे, थाइल्याण्ड, इण्डोनेसियाका पनि केही खेलाडीले मौका पाएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖