सबै खाले सिण्डीकेटको विरुद्ध हामी सबै भन्दा अघि उभिन तयार छौं भन्दै रविले पोखे यस्तो आक्रोश (भिडियोसहित)

यातायात व्यवसायीको सिण्डीकेट विरुद्ध सरकार जसरी प्रस्तुत भैरहेको छ त्यसलाई स्वागत गर्न अलिकती पनि कञ्जुस्याई गर्न हुँदैन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विभिन्न कार्यक्रम सार्वजनीक गरेपनि सरकारले आफ्नो निर्णयबाट पछि नहट्ने दृढता देखाइरहेको छ ।

यातायात व्यवसायीहरु प्राय प्रश्न गर्नुहुन्छ, सिण्डीकेट भनेको के हो भनेर । आज आम सर्वसाधारण जनताले बुझ्ने गरी यस बारे कुरा गर्न चाहन्छु । १ किलोमिटर यात्रा तय गर्न १५/२० मिनेट कसरी लाग्छ ?

बस पार्क पुग्न साथ ४ जनाले ४ तिर तान्छन्, यो के हो ? भाडामा एकरुपता चाहिदैन ? यति दुरीको यती भाडा भनेर बकाइदा लेख्नु पर्दैन ?
अनि भाडा तिरीसकेपछि मुढामा बसेर यात्रा गराउन पाइन्छ ? कुन युगमा छौँ हामी बस छुट्ने टाइम फिक्स हुनु पर्दैन ?

कानको जाली फुट्ने गरी प्रयोग हुने अपशब्द सुन्दा सपरीवार यात्रा गर्नेहरुको अनुहार नै रातो हुन्छ, त्यसमाथी ओभरलोड, भाडामा दादागिरी चल्छ । यी सारा समस्या बर्सौ देखि भोग्न बाध्य परीएका उपभाक्ता अथवा यात्रुहरु सयौँ होईन, हजारौँ होइन लाखौँ छन् ।

लामो यात्रामा सुवीधा नहुँदा मानिस विरामी पर्छन । त्यसमाथि पाकेटमार र सामान चोरहरुको डर समेत पाल्न बाध्य यात्रुहरु माथि भएको यो अन्याय कम हो ?

यातायात व्यवसायीले व्यापार गर्न पाउनु पर्छ, त्यत्रो लगानी गरेका पैसा अठाउनु पर्छ, रोजगारी खोसिनु हुन्न तर त्यसो भन्दै दादागिरी देखाएर अरुलाई आउन नदिएर गुण्डा गर्दी गरेर बर्षौसम्म व्यवसाय चल्छ ?

म एउटा यात्रु हुँ, म अनुचित भाडा तिर्दिन र भाडा तिरेपछि सुविधा पुर्वक गन्तव्यमा पुग्न चाहन्छु । लामो दुरीमा बाटोको छेउमा उभिएर शौच गर्न मलाई लाज लाग्दैन ?

महिलाहरुलाई झन के हुन्छ होला ? हवाइजहाज भन्दा सुविधा सम्पन्न बस आइसक्दा पनि मेरा आमा दिदीबहिनी र छोरीहरुले बाटो छेउको बुटातिर शौचालय खोज्नु पर्ने ?

विना नियम, अभद्र व्यवहार गर्दै, ट्राफिक नियमको पालना समेत नगर्ने, पैसा पाएपछि गुन्द्रुक खाँदै जस्तो मान्छे खाँद्ने काम रोकियोस् ।
चाड पर्वमा यात्रुलाइ लुट्ने होइन एक्ट्रा सुविधा दिइयोस् । तोकेको समान र उचित भाडादरमा आरमदायी यात्रा गर्न मैले कसैलाई हात जोड्न किन पर्ने ? यो त मेरो अधिकार हो ।

प्लस, मैले तिरेको भाडामा सरकारले कर पाउनु परेन ? दैनिक लाखौँको भाडा उठ्दा सरकारलाई कति पैसा आउँछ ? यो यातायात व्यवसायीको विरोध होइन, यात्रुका रुपमा आफ्नो अधिकारका लागि उठेको आवाज हो ।

सरकार पछि नहटोस्, यातायात व्यवसायीका जायज माग र जायज समस्या सुनीयोस् पनि तर बल मिच्याइ गरी यातायात ठप्प पार्ने र जनजिवन अस्तव्यस्त पार्ने प्रयास हुन्छ भने प्रत्येक दिन बाटो पर्दा एक दुई जनालाई म पनि लिफ्ट दिन्छु, तपाईहरु पनि दिनु होला ।

सरकारलाई चाहिए हप्ताको एक दिन एउटा बस म पनि चलाउन सक्छु, जाँच लिनुहोस् पास भए भने बसको लाइसेन्स दिनुहोस् । सबै खाले सिण्डीकेटको विरुद्ध हामी सबै भन्दा अघि उभिन तयार छौँ ।

घुस खानेको च्यालेन्ज स्विकार्दै रविको टिम पुग्यो गोरखा, कसले तिर्यो रोशनाको बिल ? 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।