‘वाम एकता नहोस् भन्दै दक्षिणकालीमा बोका भाकल !’
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य केशब बडालले वाम एकता नहोस् भनेर केही शक्तीले दक्षिणकालीमा बोका भाकल गरेको आरोप लगाएका छन्।
शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेता बडालले एकता प्रक्रियामा केही विलम्ब हुँदा केही मानिसहरुको मन र भावना कुँडिएको बताए ।
उनले थपे ‘केही त एकता नहोस् भनेर दक्षिणकालीमा कालो बोका भाकल गर्ने काम समेत गरेका छन्, तर अब एकता हुँदैन कि भनेर आशंका नगर्न म यही मञ्चबाट आग्रह गर्दछु।’
एकता भनेको कुरा राष्ट्रको हित सँग जोडिएको स्पष्ट पार्दै उनले भने, ‘पार्टीहरुबीच एकता हुनु र मोर्चा हुनु फरक कुरा हो।’ स्थानीय तहदेखि केन्द्रसम्म एमाले र माओवादी केन्द्र हार्दिकताका साथ अघि बढेको उल्लेख गर्दै नेता बडालले दुई पार्टीबीचको एकता छिट्टै हुने विश्वास दिलाए।- न्युज २४ नेपाल


