मौका पाउँदा देशलाई राणाहरुले लुटे, राजाहरुले लुटे, जनताको नाममा ताण्डव नाचेर लुटे, छाती ठोकेर लुटे – हेर्नुहोस् रविको सिधाकुरा

यो देशको सर्बाधिक सम्भावना बोकेको क्षेत्र हो पर्यटन । तर हरीया डाँडा हिमालै हिमाल, तालै ताल छन् भन्ने मात्र तर्क ताल न शुर को भैसके ।

हो प्रकृतीले दिनुसम्म दिएको मुलुक हो तर नीति निर्माता र व्युरोक्रेसीले लिनु सम्म लिए पछि न हिमाल काम लागे न पहाड काम लागे न तराईका फाँट काम लागे न कला, संस्कृती, भेषभुषा, रीतिरीवाज न युनिक किसिमका हाम्रा स्वादिष्ट खानाका परीकार नै काम लागे ।

प्रकृतीले संसारबाट सोरेर घ्वाप्लक घुप्लुक घोप्ट्यादिएको सुन्दरता बाँदरको हातमा नरीवल भयो । देश सधै सबैको साझा हुने नै भयो । यस अर्थमा सबले मौका पाउँदा लुट्ने भए ।

राणाहरुले मौका पाउँदा राणाहरुले लुटे, राजाहरुले मौका पाउँदा राजाहरुले लुटे अझ आसेपासेहरुले माहाराज बनेर लुटे । प्रजातन्त्र, लोकतन्त्र त जनताको शासन, जनताको नाममा तान्डण्ब नाचेर लुटे, छाती ठोकेर लुटे, कुर्सी फालेर लुटे ।

यो लुटमा साथ दिने सारथी बन्यो कर्मचारी तन्त्र । सरकारी कर्मचारी र उच्च पदस्थहरुले गत बर्ष मात्र तलब बाहेक २२ अर्ब रुपैया भन्दा बढी रकम राष्ट्रको ढुकुटीबाट खर्च गरेका रहेछन् ।

विदेश भ्रमणमा मात्र एक बर्षमा २ अर्ब २० करोड खर्च भएछ । यत्रो खर्च गरेर गरिएको विदेश भ्रमणबाट मुलुकले के पायो ? नथीङ, जस्ट नथीङ । भ्रमण भत्ता पच्यो, उहाँरुको परिवारले गिफ्ट पायो, उहाँहरुकै आफन्तले ड्युटी मा किनेको १/२ बोतल रक्सी खाए, फेसबुक, ट्वीटरमा हाल्ने फोटो पाए । द्याट्स अल ।

हैन यो मुलुक कति धनी रैछ ? कर्मचारीको भ्रमण स्थानीय भत्ता, मंहगी भत्ता, लुगा औषधि खर्च तालीम, इन्स्योरेन्स आदी शिर्षकमा तलब बाहेक २२ अर्ब भन्दा बढी खर्च गर्न सक्ने ?

कृषी प्रधान देश भनौ सारा तरकारी आयात गर्नुपर्छ, जुम्लामा स्याउ कुहिएर जान्छ, अस्ट्रेलियाको स्याउ पसल पसलमा छन् । जलस्रोतको धनी देश ?
अरु देशका मानिसको हरेक बिहान कत्रा कत्रा प्लान हुन्छन् हाम्रो त बिहान ४ बजे पानी आउँछ भनेर उठेर धारोमा लाइन बस्ने प्लाननै दिनको पहिले प्लान हुन्छ ।

पर्यटन भनौ, बस सेवा त्यस्तो छ, प्लेन चडौ, प्रत्यक दिन फ्ल्लाईट डिले, टाइम पास गर्ने उपाय छैन, एयरपोटमा एक कप कफीको ५ सय रुपैया । शहरमा रमाउने पर्यटकलाई खोइ नाइट लाइफ ।

९÷१० बजेपछि सारा बत्ती निभ्छन्, शहर अन्धकार । केही खानु प¥यो भने जाने ठाँउ छैन । न राती चल्ने सिटी बस छन् । ट्याक्सी चडेर, ठमेलको गल्लीमा वा लेक साइडको भित्र तिर बन्द भैसकेको साइला दाई माइला दाइको पसलको ढोकामा ढकढक गरेर केही खान पाइन्छ भनेर हात जोडनु परेपछि घुम्न आएको पर्यटक फेरी फर्केर आउँछ ?

यो गुनासो होइन गम्भीर ध्यानआकर्षण हो । देशमा द्वन्दकाल छैन त्यसैले पर्यटकीय यो देशका केही शहरहरु २४ घण्टा खुल्नु पर्छ ।
आजै यो कार्यक्रम सकिएर हामी खाना खान जानुप¥यो भने यो शहरमा कहाँ के खुल्छ । लुट्ने र धुत्ने आइडीया भएकाहरुको चंगुलमा अधिकांश राजनीतिज्ञहरु परे ।

अफासास भाषण भन्दा माथि उठ्न सक्ने मानिस आज सम्म सिनमा देखिएको छैन ।

७ करोडको पिच केही दिनमै यसरी उप्कियो । सिधा कुरा टिममाथी गुण्डागर्दीको प्रयास ! – हेर्नुहोस् रविको सिधाकुरा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।