विश्वकप फुटबलमा आज : ब्राजिल जीतको खोजीमा, अर्जेन्टिनाको भविश्य नाइजेरियाको जीतमा

रुसमा जारी फिफा विश्वकप फुटबलमा शुक्रबार तीन खेल हुँदैछन् । जस अन्तरगत समूह ई का दुई खेल र समूह डी को एक खेल हुँदैछ ।
पहिलो खेलमा समूह ई का ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

सेन्ट पिटर्सवर्ग स्टेडियममा ब्राजिल र कोष्टारिकाबीचको खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे हुनेछ । पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरी खेलेर १ अंक मात्रै बटुलेको ब्राजिल आज जित्नै पर्ने दवावमा हुनेछ ।

समूहको अन्तिममा कोस्टारिका छ । उ पहिलो खेलमा सर्बियासँग पराजित भएको थियो । पहिलो खेलमा जीत दर्ता गरेको सर्बिया शीर्ष स्थानमा छ । स्वीट्जरल्याण्ड र ब्राजिलको समान १ अंक मात्रै छ ।

यहि समूहको स्वीट्जरल्याण्डले राती पौने १२ बजे सर्बियाको सामना गर्दैछ । आजको खेल जितेमा सर्बिया अघिल्लो चरण प्रवेश गर्ने छ । तर वीट्जरल्याण्ड विजयी भएमा अन्तिम खेलबाट मात्रै समूह पार गर्ने टोलीको टुंगो लाग्नेछ ।

यस्तै पौउने ९ बजे समूह डी का आइसल्याण्ड र नाइजेरिया भिड्दै छन् । नाइजेरिया पहिलो खेलमा बोयसियासँग पराजित भएको थियो भने आइसल्याण्डले अर्जेन्टिनालाई १–१ को बराबरीमा रोकेको थियो । आजको खेलमा जीत निकालेमा आइसल्याण्डको अघिल्लो चरणको संभावना बलियो हुनेछ ।

तर बराबरी अथवा हारले भने अर्जेन्टिनालाई मद्दत पुग्नेछ । त्यो अवस्थामा अन्तिम खेल फराकिलो गोल अन्तरले जितेमा अर्जेन्टिनाको अघिल्लो चरणको संभाबना रहनेछ । नाइजेरियाले जितेमा भने अर्जेन्टिनालाई फाइदा हुनेछ । अर्जेन्टिनाले अन्तिम खेल नाइजेरियासँग र आइसल्याण्डले क्रोयसियासँग खेल्दै छन् । देशसञ्चार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।