धनकुटामा थपियो नयाँ रेडियो !
धनकुटा खबर, भदौ १ । धनकुटामा सामुदायिक एफ.एम. रेडियो भेडेटार ९१ मेघाहर्ज सन्चालनमा आएको छ ।
संचार विकास समुह धनकुटाद्वारा संन्चालित रेडियोले शुक्रबार बिहान ८ बजे देखि परिक्षण प्रसारण शुरु गरेको छ । पाँच सय मेघावाट क्षमता भएको यो रेडियोले धनकुटा ७ चुलीवन टोलमा स्टेशन र कार्यालय राखेर सेवा शुरु गरेको हो ।
रेडियोका अध्यक्ष दिनेश राई(आठपहरीया) र नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले र प्रेश यूनियनका केन्द्रिय उपाध्यक्ष बिजय सन्तोषी राईले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।
यो संगै धनकुटा जिल्ला तथा धनकुटा नगरपालिमा सामुदायिक एफ.एम.को संख्या ४ पुगेको छ । रेडियोले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई मूल रुपमा प्रवद्र्धन गर्ने स्टेसन म्यानेजर खगेन्द्र प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

रेडियो सनचालनका लागि २० जनाको कार्य समिति रहेका अध्यक्ष दिनेश राईले जानकारी दिनुभयो । समितिको उपाध्यक्षमा बिकास घिमिरे,सरोज राई र महिला उपाध्यक्षमा मिङ्मा ल्हामु शेर्पा रहनुभएको छ ।
त्यस्तै सचिव झमक कटुवाल,सह–सचिव खगेन्द्र प्रसाद घिमिरे, कोषाध्यष चन्द्रकला न्यौपाने, सह–कोषाध्यक्ष मिलन कुमार खडुगी रहनुभएको छ ।
सदस्यमा खगेन्द्र रायमाझी,जितेन्द्र म्दाली राई, लिलाराज लावती,निशु सुब्बा(लिम्बू) प्रकाश राई,सुनिल डंगोल,आषिस राई,विजयशेखर श्रेष्ठ, सुजित प्रधान,दिनेश भण्डारी,उर्गेन शाक्य र मुना देवी पोखरेल(पराजुली) रहनुभएको छ ।


