अझै उस्तै छ हाटबजारको महत्व !, धनकुटामा थप साप्ताहिक हाटबजार लगाउने तयारी

धनकुटा खबर । पुरानो समयमा बजार नहुंदा दैनिक आवश्यकीय सामाग्री स्थानिय स्तरमै उपलब्ध गराउने हाटबजार लाग्ने गरेको पाईन्छ ।

पछिल्लो समयमा यातायात सुविधाका कारण नेपालका धेरै हाटबजारहरु बन्द हुंदै आईरहेका छन् । तर धनकुटामा यस्ता हाट बजारको महत्व पहिलाको जतिकै रहेको छ । स्थानिय हाट बजारमै दैनिक उपभोग्य सामान सहित कपडा जुत्ता चप्पल श्रृगारका सामाग्री तथा कृषिजन्य उत्पादन पाउने भएपछि समयको बचत हुने भएकाले यसको लोकप्रियता बढ्को धनकुटा शहिदभुमी गाँउपालिकाका बासिन्दा मात्रिका राइ बताउनु हुन्छ ।

बजार भित्रि गाँउ देखि सहर बजारका बासिन्दालाइ भेट गराउने स्थल पनि हो । यहा गाँउमा उत्पादन भएका कृषिजन्य उत्पादन लिएर तथा दैनिक उपभोग्य सामाग्री खरिदको लागि गाँउगाँउवाट बजार सम्म पुग्ने गर्दछन् ।

त्यस्तै बजारका बासिन्दा तिनै कृषिजन्य उत्पादन खरिद गर्न तथा उद्योगवाट उत्पादित सामाग्री लिएर हाट बजार पुग्ने गरेका छन् । यस्ता हाट बजारले स्थानिय स्तरको कलासंस्कृति संग जोडिएका सामाग्री समेत पाउने भएकाले स्थानिय कलासंकृतिको संरक्षण र प्रबर्दन गर्न सहयोग गरेको धनकुटा आखिसल्लाका कमल बहादुर परियार बताउनु हुन्छ ।

हाल धनकुटा सदरमुकाम, हिले, छिन्ताङ्ग, सिदुवा, आखिसल्ला, काजिमाने फलामेटार सहित जिल्लाका दुई दर्जन भन्दा बढि स्थानमा साप्ताहिक हाट लाग्ने गरेको छ । यस्ता हाट बजारवाट कर संकलन हुने भएकाले गाँउपालिका र नगरपालिकाको आम्दानीको स्रोत पनि हन् ।

त्यसैले त गाँउपालिका तथा नगरपालिका थप साप्ताहिक हाट बजार लगाउने तयारीमा छन् । हाल दुइवाट हाट लागि रहेको सहिदभुमी गाँउपालिकामा थप दुइवाट हाट लगाउने तयारी गरेको सहिदभुमी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुबर्ण घिमिरे बताउनु हुन्छ ।

हाट बजारमा स्थानियको आकर्षण बढेकै कारण सहर बजार क्षेत्रका हाट बजारमा दातृनिकायको सहयोगमा पुर्बाधार निर्माण समेत भएका छन् । तर ग्रामिण क्षेत्रमा सञ्चालित हाट बजार भने पुर्बाधार अभावका कारण खुल्ला स्थानमै हाट बजार सञ्चालन गर्नुपर्ने बाध्यता छ । जसका कारण ग्रामिण क्षेत्रमा बाहै महिना हाट बजार लगाउन सकिने अबस्था भने बन्न सकेको छैन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।