प्रदेश नं.१ मा सन्तवीर लामा सर्वसम्मत चयन

धनकुटा खबर । तामाङ पत्रकार संघको १ नम्वर प्रदेशको अध्यक्षमा पत्रकार सन्तवीर लामा सर्वसम्मत चयन भएका छन् ।

धनकुटाको हिलेमा शुक्रवार सम्पन्न संघको प्रथम भेलाले ब्लाष्ट दैनिकमा कार्यरत लामा सहित १७ सदस्यीय समिति चयन गरेको हो । प्रदेश सिमितिको सचिवमा मकर तामाङ (भोजपुर) र कोषाध्यक्षमा फूलकुमारी तितुङ तामाङ (तेह्रथुम) लाई चयन गरिएको छ ।

समितिको सदस्यहरुमा जेवी लामा (सुनसरी), तिलक तामाङ (झापा), अमित तामाङ (उदयपुर) मोहन तामाङ (संख्वासभा, धनकुमार तामाङ (सुनसरी) लगायतका गरी १७ सदस्यीय समिति चयन गरिएको हो ।

प्रदेश समितिमा ताप्लेजुङ्ग, पाँस्थर, इलाम, मोरङ्ग, ओखलढुङ्गा, खोटाङ्ग, सोलुखुम्वु जिल्लाबाट पनि १÷१ जनालाई पछि चयन गर्ने गरी भेला सम्पन्न भएको नवनिर्वाचित प्रदेश अध्यक्ष सन्तवीर लामाले वताएका छन् ।

कार्यक्रममा तामाङ घेदुङका केन्द्रिय सदस्य लालचन्द्र गोङ्गवा , आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजय सन्तोषी राई, पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संघको संघिय महासचिव वुद्ध योञ्जनको प्रमुख आतिथ्य र धनकुटाका नगरपालिकाका प्रमुख चिन्तन तामाङको विशेष आतिथ्यमा उक्त भेला तामाङ पत्रकार संघको १ नम्वर प्रदेश भेला आयोजक समितिका संयोजक विश्वराज तामाङको अध्यक्षतमा सम्पन्न भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।