हौसिएका किशनले ल्याए रिमिक्समा ‘कान्छी हे कान्छी’ ! (भिडियो सहित)

काठमाडौँ । बिगत केहि समय देखि अमेरिकामा बसोबास गर्दै संचार क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल संचारकर्मी किशन रेग्मीले पछिल्लो क्रममा गायकको परिचय बनाएका छन् ।

केही समय अघि उनले बजारमा ल्याएको ‘कान्छी हे कान्छी’ बोलको गित बाट उनि गायक भएका हुन्। अहिले उक्त गीत फेरी परिमार्जित सहित रिमिक्स भर्सनमा भिडियो सहित सार्वजनिक भएको छ ।

यस अघि उनले उद्धव सिलवाल प्रोडक्सनको ब्यानरमा युएस मिडिया संग सहकार्य गरी झन्डै दुई महिना अघि युटयुब मार्फत उक्त गीतको अफिसियल भिडियो ल्याएका थिए । जुन गीत युट्युबमा अपलोड भएपछि दर्शकले गीतलाई रुचाएका थिए।

दर्शकको राम्रो प्रतिकृया पाएपछि उनमा पुनः गीतलाई परिमार्जन गर्ने उत्साह जाग्यो । त्यही अनुरुप उनले गीतको भिडियोलाई अहिले फेरी डान्सिङ नम्बर दिएर निर्माण गरेका छन् । छमछमी सिजन वानका उत्कृष्ट दश प्रतिस्पर्धी मध्येका एक विक्रम विकको डान्सीङ क्रु वाईल्ड स्टेपर्सले भिडियो निर्माण गरेको छ ।

गीतमा उनीसंग मोडल तथा डान्सर आरजु उप्रेतीको आकर्षक डान्स रहेको छ । झापाका रमणीय स्थानहरुमा छायांकन भएको भिडियोमा यस पटक स्वंय गायक किशनलाई पनि देख्न सकिन्छ । प्रल्हाद रिजालको शब्द तथा एसडी योगीको संगीत रहेको गीतमा गायक किशनलाई गायिका श्रृति योगीले साथ दिएकी छिन् ।

गायक किशनलाई यो पहिलो गीतले लोकप्रियता दिलाएपछि पुनः दोस्रो गीत गाउन दर्शकले हुटहुटी दिएका छन् । ‘पुन अर्को गीत ल्याउन मलाई दबाब आएको छ ’उनले भने– ‘पहिलो प्रयासलाई दर्शकले राम्रो प्रतिकृया दिए पछि हौसिएको छु । गायक किशनले महिलाहरुको महान पर्व हरितालिका तीज पछि अर्को नया गीत सार्वजनिक गदैछन् । भिडियो हेर्नुहोस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।