३६ वर्ष बितिसक्दा पनि धनकुटामा उद्योग चलेन : ४८ मध्ये १३ ब्लक बने, बाँकी कहिले बन्ने ? (भिडियो सहित)
धनकुटा खबर । स्थानीय कच्चा पदार्थमा आधारित लघु, घरेलु, र साना उद्योगको विकास र प्रवद्र्धनको कुरा केन्द्र सरकारदेखि स्थानीय सरकारसम्म सबैले विकुल पुकेका छन् । ग्रामीण अर्थतन्त्रलाई सवल र गतिशिल बनाउन भन्दै लगाइने यस्ता नारा दलका घोषणा पत्रमा पनि छन । तर ब्यवहारमा भने त्यस्तो देखिदैन ।
कोशीका पहाडी जिल्लामा छरिएका लघु, घरेलु र साना उद्योग एकै ठाउँमा राख्न धनकुटाको अमलेटारलाई २०३९ मा उद्योगिक ग्राम निर्माणका लागि ५८ रोपनी जग्गा अधिग्रहण भयो । आँगनमै उद्योगधन्दा चल्ने र रोजगारी पाउने आशले स्थानीय उत्साहित भए । स्थानीयको उत्साह धेरै टिकेन किनकि ३६ वर्ष बितिसक्दा पनि उद्योग नचलेको स्थानिय जीवप्रसाद पोखरेल बताउनुहन्छ ।

उद्योगिक ग्राम निर्माण गर्ने भनिएका ४८ मध्ये अहिलेसम्म १३ वटा ब्लक मात्रै बनेका छन् । यस्तै गतिले बाँकी ब्लक कहिले बन्छन् र उद्योग संचालनमा आउँने हुन्, अझै अत्तोपत्तो छैन । घरेलु तथा साना उद्योग मुख्य शाखा कार्यालयका सुचना अधिकारी दीपेन्द्र अधिकारी ।
नारा र गफ मात्रै धेरै हुने प्रवृत्तिको यो उद्योगिक ग्राम एक्लो उदाहरण भने होइन । बाजेका पालामा सुरु भएर नातिका पालासम्म नसकिएका योजना जताततै भेटिन्छन । नारा र घोषणा भन्दा पनि कार्यान्यवनमा ध्यान दिन सम्बधित सरोकारवालाको ध्यान जान जरुरी देखिन्छ । हेर्नुहोस् एक रिपोट


