प्रर्वद्धनको पर्खाईमा धनकुटास्थित ङाछेन झरना !
धनकुटा खबर । धनकुटाको साँगेरी गाउँपालिका आहालेमा रहेको ङाछेन झरना प्रर्वद्धनको पखाईमा रहेको छ ।
यहि गाउँपालिकाको सिम्सुवा स्थित नमस्ते झरनामा दैनिक हजारौ पर्यटकहरु आउने गरेका छन् ।
तर यातायातको असुबिधा र प्रचारको अभावमा गाउँपालिकाको वडा नं. ९ आहालेमा रहेको यो झरनामा अहिले सम्म पर्यटकहरु पुग्न सकेका छैनन् ।
यो झरना धरानबाट १७ किलोमिटर र आहालेको चाँदीबजारबाट १० किलोमिटर हर्दिया गाउँको दक्षिणमा रहेको छ ।
स्थानिय लेमलेमा खोलामा रहेको यो झरना करिव २ सय फिट अग्लो रहेको छ । सुनसरी, आहाले हुंदै धनकुटाको मुलघाट सम्म निर्माणाधिण तमोर करिडोर सडक खण्डमा यो झरना पर्नेभएको छ ।
यसले गर्दा आगामी दिनमा यो झरना एक पर्यटकीय गन्तब्य बन्ने गाउँपालिकाका अध्यक्ष कुमार जंग याखाको भनाई छ ।



