‘धनकुटा नगरपालिकाको विकास निर्माण योजना तथा कार्यक्रमहरु प्रशंसा योग्य’

धनकुटा खबर । धनकुटा नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ को वार्षिक समिक्षा गोष्ठि सम्पन्न गरेको छ ।

जिल्ला समन्वय समितिका संयोजक टंक चौहानको प्रमुख आतिथ्य तथा नगर प्रमुख चिन्तन तामांगको अध्यक्षतामा सञ्चालित कार्यक्रमको वीच आज शिक्षा गोष्ठि सम्पन्न गरेको हो ।

गोष्ठिमा वोल्ने वक्तहरुले धनकुटा नगरपालिकाको विकास निर्माण, योजना तथा कार्यक्रमहरु प्रशंसा योग्य रहेको वताएकाछन् । उनीहरुले यस नगरपालिकाले गरेको कामको अन्य स्थानिय तहले पनि अनुशरण गरे उपयुक्त हुने समेत धारणा राखेका छन् ।

गोष्ठिमा प्रमुख जिल्ला अधिकारी सिताराम कार्की,नेकपाका प्रतिनीधि अर्जुन छारा,नेपाली कंग्रेसका नगरसभापति रोशन श्रेष्ठ, उद्योग वाणीज्य संघ धनकुटाका अध्यष उमेश घिमिरे लगायतकाले वोल्नुभएको थियो ।

त्यस्तै नगरले गरेको गतिवीधिको वारेमा जानकारी गराउदै नगरपालिकाले सञ्चालन गरेको कार्यहरुको वारेमा सोधिएका जिज्ञासाको समाधान प्रमुख प्रशासकीय अधिकृत टिकादत्त राईले गर्नुभएको थियो । स्वागत मन्तव्य नगर प्रवक्ता जम्शेर राईले राख्नुभएको थियो ।

गोष्ठिमा नागरिक समाजका अगुवा, राजनीतिक दलका प्रतिनीधि, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनीधिहरुको उपस्थिती थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।