भेडेटार ढुङ्गे सडकखण्डमा कालोपत्रे शुरु

धनकुटा खबर । धनकुटाको सागुरीगढी गाउँपालिका भेडेटार ढुङ्गे सडकखण्ड आजवाट कालोपत्रे गर्न शूरु गरिएको छ ।

करिव १० किलोमिटर लम्वाई र ३.७५ मिटर चौडाईको यो सडक राष्टिय पूर्न निर्माण प्राधिकरणको १६ करोड २७ लाख ९१ हजार ५ सय २९ रुपयाँ वरावरको लागतमा कालोपत्रे शूरु गरिएको कालो पत्रेको जिम्मा लिएको केरेभेन कन्स्ट्रक्सन कम्पनिका मुख्य ठेकदार गोपाल सिंह गिरीले जानकारी दिनुभयो ।

आफ्नो गाउँको सडक कालोपत्रे हुनेभएपछि सर्वसाधारण खुशी भएकाछन् । सडक कालोपत्रे भएपछि आन्तरिक तथा वाह्य पर्यटकहरुको आवागमन वृद्धी हुने अपेक्षा गरिएको छ ।

यो सडकले सागुरीगढी गाउँपालिको ८ र ९ नं वडाको विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरु मूक्तिनाथ मन्दिर, पाँचकञ्या गुफा,ङाछेन लेम्लेमा झरना, सिद्धकाली मन्दिर,रन्फने वजारको वुढाहाङ्ग मन्दिर,जाल्पादेवि मन्दिर सम्म पुग्न मानिसहरुलाई सहज हुने जनाईएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।