धनकुटामा हजारौं बोट गाँजा फडानी
धनकुटा खबर । धनकुटाको शहिदभूमी गाउँपालिकाको बिभिन्न स्थानहरुमा अबैध रुपमा लगाएको ठूलो गाँजा खेती धनकुटा प्रहरीले फडानी गरेको छ ।
जिल्ला प्रहरी कार्यालयको टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत प्रहरीले उक्त अबैध गाँजा खेतीको खोजी गरेर नष्ट गरेको हो ।
गाउँपालिकाको वडा नं. १ स्थित तित्रे गाउँ र वडा नं.७ को सातिङ्ग टारका बिभिन्न स्थान गरी ४ हजार ५ सय बोट भन्दा बढी हरियो गाँजाको बोट नष्ट गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्र बहादुर गुरुङ्ग र श–सस्त्र प्रहरी छिन्ताङ्ग गुल्म धनकुटाका डिएसपी बालकृष्ण श्रेष्ठको नेतृत्वमा गएको प्रहरी टोलीले उक्त गाँजा फंडानी गरेको हो ।
यस क्षेत्रमा उत्पादित गाँजा ओसारपसार गर्नेहरुलाई धनकुटा प्रहरीले पटक–पटक पक्राउ गरेपनि यहाँका गाउँहरुमा गाँजा रोप्ने काम रोकिएको छैन ।





