बेलहराको विकासमा यूवाहरुको प्रयास (भिडियो)

धनकुटा खबर । धनकुटा नगरपालिकाको वडा नं. स्थित बेलहारामा स्थानिय यूवाहरुको पहलमा १२ किमी ग्राभेल सडक निर्माण भएको छ ।

डेनमार्क सरकारद्धारा संचालित ‘उन्नती’ परियोजनाको सहयोगमा उपभोक्ता समिति मार्फत १२ किलो मिटर सडक ग्राभेल गरिए पछि धनकुटा नगरपालिका १ र १०, पाख्रीवास ९ र १०, तथा सहिदभूमि गाउँपालिकाका साथै भोजपुर जिल्लाको घोटेडार आवतजावतमा र ढुवानीमा सुविधा भएको छ ।

कोशी राजमार्गको धरान धनकुटा खण्डको गुठिटार, बाघखोरहुँदै आखिसल्लाको छिडि तथा शहिदभूमि गाउँपालिकालाई जोडेको सडकमा उन्नती परियोजनाको ५ करोड ९६ लाख रुपैयाँको लगानीमा सडक बने सगै स्थानिबासी र अन्यलाई सहजता भएको छ ।

सडक निर्माण पछि गोलभेडाको राजधानीका नामले पनि चिनिने बेलहरामा उत्पादित कृषि उपज निकासी र स्थानीयको दैनिकि सहज भएको धनकुटा नगरपालिका ९ का वडा अध्यक्ष सन्दिप रायामाझी बताउछन् । उनि भन्छन् “बलिया र राम्रा सडकको आसमा बसेका स्थानीय अब उत्साहित भएका छन् जस्केलाबाट मोटर चढ्ने उनिहरुको अभिलासा यो सडकले पुरा गर्ने छ ” ।

त्यस्तै सहिदभूमि गाउँपालिको छिन्ताङ्गमा रहेको प्रसिद्ध जालपादेवि मन्दिर जाने आउने श्रद्धालुले पनि यही बाटो प्रयोग गर्न थालेका छन् साथै सहिदभूमि गाउँपालिका क्षेत्रमा उत्पादन हुने अदुवा, सुन्तला, लिची, गोलभेडा जस्ता कृषि उपज निर्यातमा समेत सहजता आउने विश्वास लिएको सहिदभूमिका सुर्यकुमार राईले बताए ।

https://youtu.be/dUFl2ApPbzI



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।