सुरक्षित यौन व्यबहार बुझाउँदै धनकुटामा रोपाइ जात्रा (भिडियो सहित)

धनकुटा । प्रजनन् स्वास्थ्य, सुरक्षित मातृत्व र सुरक्षित यौन व्यबहार बुझाउँदै धनकुटामा रोपाइ जात्रा मनाइएको छ ।

धनकुटा नगरपालिका वडानम्वर पाँच र नेपाल परिवार नियोजन संघ धनकुटाद्धारा आयोजित रोपाइ जात्रामा असुरक्षित यौन ब्यबहारबाट भविष्यमा निम्तिने दुस्परिणाम, त्यसबाट आईपर्ने सामाजिक, शारिरीक र मानसिक समस्याका बारेमा सर्बसाधारणलाई बुझाउँन सदरमुकाममा र्याली गरेको हो ।

रोपाइ जात्रा खासगरि नेवारी समुदायले मनाउने भएपनि अनेकतामा एकताको सन्देश सहित सबैजाती र धर्ममा आस्थाराख्ने स्थानीयहरु आ–आफ्नो पहिचान झल्कने भेषमुषामा सजिएर बाजागाजा सहित ¥यालीमा सहभागी भएका थिए ।

परिवार स्वास्थ्य स्वयम सेवक, स्वास्थ्यकर्मि र स्वास्थ्यका क्षेत्रमा क्रियाशिल ब्यक्ति तथा संघ–संस्थाका प्रतिनिधी र स्थानीय सम्मिलित ¥यालीले नगर परिक्रममा गर्दै परिवार नियोजनका अस्थायी र स्थायी साधन प्रयोगका बिधि र फाइदा बारे सर्बसाधारणलाई बुझाउने प्रयास गरेका थिए ।

https://youtu.be/9bPdRc82j9U



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।