भेडेटारमा बस दुर्घटना, १७ पर्यटक घाइते
धनकुटा खबर । धनकुटाको साँगुरीगढी गाउँपालिको नमस्ते झरना हेर्न आउने पर्यटकहरु लिएर आएको एक बस दुघटनामा दुर्घटनामा १७ पर्यटकहरु घाइते भएका छन् ।
बुधबार सुनसरीको इनरुवाबाट झरना आउँदै गरेको को.१ ख. ३५८३ नम्बरको बस गाउँपालिका ६ भेडेटरको कोलबोटे सडक खण्डमा दुर्घटना भएको हो । दुर्घटनामा परेर चार जना यात्रु गम्भिर घाईत भएका प्रहरीले जनाएको छ ।
गम्भिर घाइते सहित १७ जनालाई उपचारको लागि सुनसरी स्थीत बिपिकोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरान पठाइएको छ ।
भेडेटारबाट ओरालो तर्फ बस ब्रेक फेल भइ भित्तामा ठोकिएर दुर्घटना भएको ट्राफिक प्रहरी सहायक निरीक्षक सुरेन्द्र खड्काले बताउनुभयो ।


