धनकुटा सदरमुकाममा खानेपानीको हाहाकार !

मासिक ४ सय महशुल असुल्ने समितिले दुषित पानी संग्ल्याएर सम्म पनि दिन नसकेको उपभोक्ताको गुनासो

धनकुटा । धनकुटा सदरमुकाममा खानेपानीको हाहाकार भएको छ । हप्ता दिन देखि प्रयाप्त पानी आपूर्ति नहुदा उपभोक्ताहरु हैरान बनेका छन् ।

सदरमुकाम धनकुटा बजारका उपभोक्ताका लागि वितरण गरिने खानेपानीको मुख्य मुहान निबुवा खोलामा लगातर धमिलो पानी आए पछि यस्तो हाहाकार मचिएको हो ।

मुहान क्षेत्रमा लगातार बर्षा भएकोले पानी धमिलो भएका कारण ढुङ्गामाटो र लेदो सहितको पानी छान्न नसकिएकोले उपभोक्तालाई प्रयाप्त पानी दिन नसकिएको नगर खानेपानी कार्यालयका प्रमुख जीवलाल थेप्चीले बताए । उनले भने उपभोक्ताले प्रयाप्त पानी पाउनु पर्ने भए पनि काबु बाहिरको अवस्था भएकोले समस्या छ ।

खानेपानी समस्याको कारण लिएर डेलिकेशन जदा पनि कर्मचारी र समितिका पदाधिकारीको आफ्नै दुखेसो सुन्दा हैरान हुने गरेको धनकुटा ५का पृथुराम राई बताउछन् । उनि भन्छन् यस्तै हो भने धनकुटा नगरबासीको पानी सपना साकार हुने देखिदैन ।

आएको पानीमा हुनुपर्ने सुद्धता र गुणस्तरको कुरा छाडौं, घरेलु उपभोक्तासँग मासिक न्यूनतम ४ सय रुपैयाँ महशुल असुल्ने समितिले यस्तो दुषित पानी संग्ल्याएर सम्म दिन नसकेको उपभोक्ताको गुनासो छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।