नमस्ते झरनामा पानीको बहाबसँगै झरेर यसरी खेलिन्छ शाहसीक खेल – हेर्नुहोस् भिडियो
नमस्ते झरना आन्तरिक पर्यटकका लागि आकर्षक गन्तब्य बन्दै गएको छ।
पूर्वको प्रमुख पर्यटकीयस्थल भेडेटारभन्दा आठ किलोमिटर टाढा सिम्सुवामा रहेको करिब ८० मिटरको झरना हेर्न आउने आन्तरिक पर्यटकको सख्या वढ्दै गएको छ। धनकुटा, झापा, मोरङ, सुनसरीलगायतका जिल्लाबाट हरेकवर्ष ठूलो संख्यामा मानिसहरु नमस्ते झरना हेर्न पुग्ने गरेका छन्।
यो झरना करिव ५० मीटर माथिबाट खस्दछ । यो झरना हेर्न जति नजिक गयो त्यति हराउदै जान्छ कारण यो अग्लो ठाउँबाट झर्ने र त्यसको आसपासमा रुखपातहरु बढेर छेल्ने भएकोले दृश्य नजिकबाट त्यति देखिन्दैन।
उक्त स्थान हेर्नलाई सिम्सुवा मोडबाट खालै खोला भएर उकालो लागेर झरना नजिक पुग्न सकिन्छ र अघाउन्जेल सप्तरङ्गी इन्द्रणीको दृष्य हेर्न पाइन्छ। यस स्थान सम्म पुग्न पैदल बाटोको व्यवस्था गर्न सकेमा पर्यटकहरु खुव घुम्न आउने र त्यो स्थानको नाम प्रचार प्रसार भइ थप जिर्णोदार हुने थियो। राजमार्गबाट एक किमि मात्र टाढा तर पैरोको डर, खोल्सीमा भालु सिस्नुको डर र एकान्त छाँगो भएकोले जो कोही एक्लै दोक्लै जान कोहि पनि सक्दैनन्।

यो झरनाको शीरलाई लिम्बूनी लोहोसे भनिन्छ। सो झरना नमस्ते बाजे अर्थात गोबिन्द राज लिम्बूको घर छेउबाट यदी दुरविन लगाएर हेर्ने हो भने प्रकृति प्रेमी पर्यटकहरु त्यसै मन्त्र मुग्न हुन्छन। झरना सम्बन्धि अनुसन्धान गर्ने अनुसन्धानकर्ताको लागि सुगम स्थान तर चुनौती पूर्ण खोच पनि हो।
झरनाको पानीमा पानी संगै झर्न सकिन्छ भन्दा जो कोहिलाई बिश्कवास नलाग्ला । तर क्यानोनीङ्ग खेल त्यहिनै हो जो पानीमा खेलिने शाहसीक खेल मध्य एक हो ।
एउटा डोरीको साहारामा पानीनै पानी झरनाको सिर देखि तिर सम्म पुग्ने गरिन्छ । यो साहसीक सगै निक्कै रमाइलो हुने गर्दछ । धनकुटा स्थीत नमस्ते झरनामा समेत यसको ब्यबस्था गरिएको हो । यसरी गर्न सकिन्छ नमस्ते झरनामा क्यानोनीङ्ग – हेर्नुहोस् भिडियो


