‘संविधान संशोधन गर्न राज्यलाई दवाव दिनु आवश्यक’
धनकुटा । नेवा देय दवुका केन्द्रिय अध्यक्ष नरेश कुमार ताम्राकारले आफ्नो पहिचान र हक अधिकार सु-निश्चितताका लागि सम्पूर्ण जनजातीहरुले संविधान संशोधन गर्न राज्यलाई दवाव दिनु आवश्यक रहेकोमा जोड दिनुभएको छ ।
हिलेमा सञ्चालित धिमे वाजा एवम् लाखे नृत्य सम्वन्धि एक महिने प्रशिक्षण समापनको अवसरमा आयोजित कार्यक्रमलाई प्रमुख अतिथिको आशन वाट सँवोधन गर्दै उहाँले त्यस्तो कुरामा जोड दिनुभएको हो ।
नेपालको अहिलेको संविधानले आदीवासी जनजातीहरुको पहिचानको कुरालाई पूर्ण रुपमा सम्वोधन गर्न नसकेको भन्दै उहाँले आदीवासी जनजातीको हक अधिकार सुनिश्चि गर्न संविधान संशोधन जरुरी रहेको वताउनुभयो ।
चिल्लो वाटो निर्माण गर्नुले मात्र देशको समृद्धी नहुने भन्दै उहाँले नेपालमा वसोवास गर्दै आएका विभिन्न जातजाती र समूदायको धर्म संस्कृती, परम्परा र कला साहित्य नै देशको अभिन्न अंग भएकोले यसको संरक्षण सम्वद्र्धन गर्नु नै देश विकास गर्नु सरह हुने वताउनुभयो ।

उहाँले नेपालका विभिन्न जातजातीको भाषा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको प्रति चिन्ता व्यक्त गर्दै यस्ता आफ्ना गौरवका भाषा साहित्य विकासका लागि लाग्न नयाँ पुस्तालाई आग्रह समेत गर्नुभयो ।
यहाँको एक जातिले वोल्ने भाषा ओर्काे जातिले वोल्लनु र एक जातीका वाजाहरु अरु जातीले वजाउनु भनेको यहाँको संस्कृती अन्तरघुलन भई विकास हुनु भएको भन्दै उहाँले सवैले सवैको संस्कृती प्रति सम्मान गर्दै सिक्नु र जान्नु उपयुक्त हुने वताउनुभयो ।
त्यस्तै पूर्व स्वास्थ्य मन्त्रि तथा नेवादेय दवु का सल्लाहकार तीर्थ डंगोलले धिमे वाजा वजाउनु र नाच्नका लागि मात्र नभई नयाँ पीढीलाई संस्कृती हस्तान्तरण गर्नु रहेको वताउनुभयो । यो वाजा अन्य वाजाहरु वजाउदा पनि अग्रपंतीमा वजाईने भएकोले यसको अर्थ नेतृत्व गर्नु समेत रहेको उहाले स्पट पार्नुभयो ।
राज्यको नेतृत्व तह मा नपुगी आफुहरुले कुनै पनि आवश्यक निर्णय गर्न नपाईने भएकोले नेतृत्व तह सम्म पुग्ने प्रयास गर्न नयाँ पुस्तालाई उहाले आग्रह पनि गर्नुभयो ।

झिंगु नेवा समाजका अध्यक्ष डिजेश शाक्यको अध्यक्षतामा सञ्चालित कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले यस्ताका कार्यक्रमहरुले संस्कृती संरक्षणका लागि सहयोग पुग्ने भन्दै प्रशिक्षण आयोजना गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे, नेवा देय दवु प्रदेश १ का सह संयोजक सिताराम श्रेष्ठ लगायतकाले मन्तव्य राख्नुभएको थियो ।
सोही अवसरमा संस्थालाई विभिन्न कोणवाट सहयोग गरेको भन्दै धमेन्द्र शाक्य,महेन्द्रलाल श्रेष्ठ,किरण कुमार शाक्य,शंकरमान श्रेष्ठ,टेक वहादुर श्रेष्ठ र मधुकर श्रेष्ठ लाई सम्मान गरिएको थियो भने एक जना तामाङ, एकजना शेर्पा सहित १२ जना प्रशिक्षार्थीलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य विक्रम प्रधानले राख्नुभएको थियो । सञ्चालन संस्थाका सचिव सन्तोष श्रेष्ठले गर्नुभएको थियो ।



