धनकुटा नगरमा बाल मैत्रि आचार संहिता निमार्ण

धनकुटा । धनकुटा नगरपालिकालाई बाल मैत्रि नगर घोषणा गर्ने अभियान अन्तरगत आज बाल मैत्रि आचार संहिता निमार्ण गरिएको छ ।

धनकुटा नगरपालिका धनकुटाले आयोजना गरेको बालमैत्रि आचारसंहिता निमार्ण कार्यशालामा सहभागि सरोकारवालाहरुले बाल मैत्रि आचार संहिता निमार्ण गरेका हुन ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको अध्यक्षतामा भएको उक्त कार्याशालामा प्रमुख प्रशासशिय अधिकृत टिका दत्त राई , १० वटा वडाका वडाध्यक्षहरु,कार्यापालिका सदस्यहरु , नेपाल पत्रकार महासंघ धनकुटाका सचिव विदुर खवास ,धनकुटा नगरपालिकामा क्रियाशिल संघ सस्थाका प्रमुख, शिक्षक, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष , ,बाल क्लबका प्रतिनिधि, विषयगत शाखाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

नगरपालिकालाई बाल मैत्रि नगर घोषणा गर्नुपर्ने ३९ सुचक मध्ये बालमैत्रि आचारसंहिता निमार्ण पनि एउटा सूचक रहेको धनकुटा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख नुसराज श्रेष्ठले जानकारी दिनुभयो ।

२०७६ साल चैत्र भित्र बाल मैत्रि नगर घोषण गर्ने नितिगत निर्णय गरेको नगरपालिकाले वडा नं १ मा लगानी योजना समेत निमार्ण गरी सकेको छ । बालमैत्रि आचारसंहिता निमार्ण कार्यशालाको सहजीकरण राष्ट्यि सहजकर्ता विष्णुप्रसाद चौंबेले गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।