प्रदेश १ को नाम लिम्बुवान र किरात खम्बुवान नभए ‘१ नम्बर’ नै हुनुपर्छ : मिराक
धनकुटा । संघिय लोकतान्त्रीक राष्टिय मन्चका अध्यक्ष कुमार लिङ्गदेन ‘मिराक’ले प्रदेश नं. १ को नाम लिम्बुवान र किरात खम्बुवान् नभए १ नम्बर नै हुनुपर्ने बताउनु भएको छ ।
संघिय लिम्बुवान मन्च नेपाल प्रन्तिय समितिको आयोजनामा धनकुटामा आयोजना गरिएको खवरदारी सभालाई सम्बोधन गर्दै नेता लिङ्गदेनले यस्तो बताउनुभयो । उहाँले भन्नुभयो–‘यो भन्दा अन्य नाम राखेमा देशमा दीयो शान्ति हुंदैन ।’
देश संकटमा पर्दा कुनै मेची–कोशीले संघर्ष नगरेर उक्त समयमा पहचानबादीहरुले नै संघर्ष गरेर देश बचाउने भएकाले पहिचानमा आधारित नाम राख्नुपर्ने उहाँको जिकिर थियो ।

‘यदि यस कुरामा बिवाद भए प्रदेश नं. १ नै कायम गर्नुपर्छ’ लिङ्देनले भन्नुभयो । यदि यो कुरालाई सरकारले बेवास्ता गरे मन्च जस्तोसुकै आन्दोलन गर्ने लिङ्गदेन चेतावनी दिनुभयो ।
फरक प्रसंगमा लिङ्देनले वर्तमान बनेका कतिपय संबिधान,कानुन तथा बिद्येयकहरु पहिचान र जन बिराधी भएकोले यसको पुनरावलोकन तथा परिमार्जन गर्न सरकार संग माग गर्नुभयो ।
संविधानको धारा ५६ को ५ अनुसार स्वयत्त क्षेत्रहरु धनकुटाका आठपहरीया स्वयक्त क्षेत्र,तराईमा धिमाल स्वयत्त क्षेत्र,याखा लगाएतका स्वयत्त क्षेत्र घोषणा गर्नुपर्ने उहाँको माग थियो ।

खबरदारी सभाका संयोजक तथा प्रदेश उप महासचिव चनद्र सिंह नेम्वाङ्गको अध्यषता मदन चौकमा सम्पन्न कार्यक्रममा धनकुटा, तेह्रथुम र संखुवासभाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
खबरदारीसभामा पार्टीका बरिष्ठ उपाध्यष ज्ञान बहादुर गुरुङ्ग ,चन्द्र खापुङ्ग प्रदेश नं. १ का सांसद तथा पार्टीका उपाध्यष बिष्णु तुम्बाहाम्फे, महासचिव सान्ता योङ्गहाङ्ग, केन्दिय सचिवहरु रमेश गजमेर,केदार उप्रेती,राजु राई लगाएतले मन्तब्य राख्नुभएको थियो ।


