तेलिया खोलाको पुल प्रयोग विहिन, यस्तो छ कारण…
धनकुटा । धनकुटाको छथरजोरपाटी र तेह्रथुमको छथरगाउँपालिका जोड्ने कंसुवाको तेलिया खोलाको पुल प्रयोग विहिन बनेको छ ।
पहिला तेह्रथुमबाट धनकुटा सदरमुकाम आउन छथरजोरपाटी र तेह्रथुमको छथरगाउँपालिका पुछार बेगमा रहेको ठुलो वस्ती लाई खेतिपाति र अन्य कामका लागि सहज बनाउन निर्माण गरीएको पुल बसाई सराईबाट वस्ती खालि भएसंगै र अन्य स्थानमा पनि पुल निर्माण भए पछि यो पुल प्रयोग विहिन भएको हो ।
पुल प्रयोग विहिन भए पछि यस लाई संरक्षण गर्ने वा डिस्पोट गर्ने भन्ने स्थलगत अनुगमन बाट निर्णय लिईने तेह्रथुमको छथरगाउँपाका प्रमुख सन्तोष लिम्बुले बताए । उनले भने पहिलाको आवश्यताको आधारमा पुल बने पनि अहिले पुलको आवश्यता नभए पछि जोखिममा पुल राख्न नहुने बताए ।
पुल कहिले निर्माण भएको भन्ने आधिकारीक जानकारी छथरगाउँपालिका नरहेको साथै छथरजोरपाटीको पुल रहेको वडा कार्यलयमा समेत आधिकारीक जानकारी नभएको वडा कार्यलयका कर्मचारी बताउछन् ।


