मूलघाटस्थित शबदाहस्थलमा विजुलीबति नहुँदा समस्या
धनकुटा । धनकुटाको मूलघाटमा रहेको शबदाहस्थल वरीपरी विजुली बतिको व्यवस्था नहुँदा समस्या हुने गरेको छ ।
तमोर नदीको मूलघाटमा दाहसंकारका लागि धनकुटाका सहित अन्य विभिन्न स्थानबाट दैनिक १ देखि ३ वटा सम्म शव ल्याइने गरेको छ ।
दाहसंकारका लागि रातको समयमा ल्याईएका शवलाई बनाउदा, मलामि आवतजावत गर्नका लागि विजुली बति नहुँदा पटक पटक समस्या भएको मोरङ्गका दिपेन्द्र थापाले बताए ।
त्यस्तै दाहसंकारका लागि शव लिएर आउका तेह्रथुमका विनोद भट्टराईले भने यहाँको बारे सबै कुरा जानकारी नहुने हरुका लागि यस्ता स्थानमा विजुली बतिको व्यावस्था संम्वन्धीत पक्षले गरि दिए राम्रो हने उनले बताए ।
उनले भने,- शवदाह गर्ने जस्तो स्थलमा र वरीपरी विजुली नहुदा ज्यादै समस्या हुने रहेछ । यस्तो संवेदनशिल स्थानमा विजुली वतिको व्यवस्था गर्न संम्बन्धित निकायले ध्यानदिनु पर्दछ ।


