सेमिफाइलनमै रोकियो नेपाल !, हेर्नुहोस नेपालको लज्जास्पद हारको यो भिडियो

काठमाडौँ । बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा जारी साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमै रोकिएको छ ।

आज भएको पहिलो सेमिफाइलनमा नेपाल माल्दिभ्ससँग ३–० गोल अन्तरले पराजीत भएको हो । पहिलो हाफको खेल सकिँदासम्म १–० गोलले पछाडि परेको नेपालले दोस्रो हाफमा थप दुई गोल खायो । नवाँै मिनेटमा माल्दिभ्सका कप्तान अक्रम अब्दुल घातीले पेनाल्टी बक्सको केही बाहिर पाएको फ्री किकलाई गोलमा परिणत गरेर माल्दिभ्सलाई अग्रता दिलाएका थिए ।

त्यसैगरी इब्राहिम हसनले तीन मिनेटको अन्तरमा दुई गोल गर्दै नेपालको उपाधि सम्भावना समाप्त पारे । ८४आँै मिनेटमा पहिलो गोल गरेका उनले ८६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै माल्दिभ्सलाई प्रतियोगिताको फाइनल पु¥याए ।

वर्षाले प्रभावित भएको खेलमा नेपालले आफ्नो स्वाभाविक खेल प्रदर्शन गर्न सकेन । २८औँ मिनेटको खेल सकिँदा हावाहुरी र भीषण वर्षा भएपछि खेला ३० मिनेट रोकिएर पुनः शुरु भएको थियो ।

हारसँगै साफ च्याम्पियनसिप जित्ने नेपालको सपना समाप्त भएको छ । २५ वर्षे साफको इतिहासमा नेपाल सेमिफाइलनभन्दा माथि पुग्न सकेको छैन ।

माल्दिभ्स भने भाग्यमानी टोली साबित भएको छ । समूह चरणमा एक गोल पनि गर्न नसेकेको र एक खेल पनि जित्न नसेकेको माल्दिभ्सले आज उत्कृष्ट खेल प्रदर्शन ग¥यो । समूह चरणमा भारतसँग पराजित भएको माल्दिभ्स श्रीलङ्कासँग गोलरहित बराबरीमा रोकिएपछि गोलाप्रथाद्वारा सेमिफाइनल पुगेको थियो ।

https://youtu.be/str8DHw5HgM



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।