‘जिम्मेवारपूवर्क लागि परे यातायात व्यवसायमा लागेका आरोप आफै हटेर जान्छ’

धनकुटामा सवारी सञ्चालन तथा दुर्घटना व्यवस्थापन सम्बन्धी सरोकारवालासग अन्तरक्रिया गरियो

धनकुटा । सवारी सञ्चालन तथा दुर्घटना व्यवस्थापन सम्बन्धी सरोकारवालासग अन्तरक्रिया गरिएको छ ।

युनाइटेड नेपाल ट्रान्सपोर्ट भलाइ एण्ड इन्भेष्मेन्ट प्रालिले आज धनकुटाको हिलेमा उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरि सवारी सञ्चालन तथा दुर्घटना व्यवस्थापन सम्बन्धी छलफल गरेको हो ।

युनाइटेड नेपाल ट्रान्सपोर्ट भलाइ एण्ड इन्भेष्मेन्ट प्रालिका इटहरी प्रमुख प्रेम वहादुर श्रेष्ठको अध्यक्षता तथा प्रदेश सभा सदस्य निरन राईको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा यायायत व्यवसायीहरुले आफ्नो पेशामा जिम्मेवारपूवर्क लागि परे यो व्यवसायमा लागेका आरोप आफै हटेर जाने बताएका छन ।

उनीहरुले युनाइटेड नेपाल ट्रान्सपोर्ट भलाइ एण्ड इन्भेष्मेन्ट प्रालिलाई यातायत व्यवसायीहरुको अविभाबकको रुपमा काम गर्न समेत सुझाव दिएका छन । युनाइटेड नेपाल ट्रान्सपोर्ट भलाइ एण्ड इन्भेष्मेन्ट प्रालिका पदाधीकारीले भने अन्य कम्पनीको भन्दा नयाँ तरिकाबाट व्यवसयीहरुको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छन ।

कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष सन्जय सन्तोषी राई, धनकुटा नगरपालिका वडा नं १ का अध्यक्ष निरेन तामाङ, उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, जिल्ला खेलकुद विकास समितीका अध्यक्ष भोगेन्द्र थापा, धनकुटा यातायत प्रालि का अध्यक्ष दिनेस राई, होटल एसोसीयसनका अध्यक्ष खगेन्द्र विष्ट, हिले खानेपानि सस्थानका सचिव अमित लो, विभिन्न संघसस्थाका प्रतिनिधिहरु,सुरक्षा निकाय तथा यातायत व्यवसायीहरुको उपस्थीती रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।