पाख्रीवासमा अन्तर मावि स्तरिय हाजिरी जवाफ, ११ मावि सहभागी, जाल्पादेवी प्रथम
धनकुटा । अन्तर राष्ट्रिय साक्षरता दिवस तथा बाल दिवसको अवरसरमा आज धनकुटाको पाख्रीवास नगरपालिकाले अन्तर मावि स्तरिय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरेको छ ।
पाख्रीवास नगर क्षेत्रको ११ वटा माद्यामिक विद्यलयले सहभागिता जनाएको प्रतियोगितामा जाल्पादेवी मावि पाख्रीवास प्रथम, शान्ति निवास मावि घोर्लिखर्क पाख्रीवास द्धितीय, शितलादेवि मावि पाख्रीवास तृतीय र श्री राम मावि मुगा पाख्रीवास शान्त्वना भएकाछन् ।
प्रतियोगिताका विजयी प्रथम विद्यालयलाई नगद १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ भने दोश्रो,तेश्रो र चौथो विद्यालयहरुलाई क्रमश नगद ९ हजार, ६ हजार र ३ हजार सहित मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।

नगरपालिका क्षेत्रका सामुदायीक र संस्थागत ११ वटा माद्यमिक विद्यालयले सहभागिता जनाएको प्रतियोगिता पाख्रीवास नगरपालिका प्रमुख वृष वहादुर राईको अध्यक्षतामा सञ्चालन भएको थियो ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई थप उत्प्रेरणा जगाउन पाख्रीवासको अमृत गेष्ट हाउस एण्डा पाख्रीवास भ्यू, होटल दाजुभाई, सल्भ नेपाल पाख्रीवास शाखा, जाल्पादेवि पुस्तकालय लगायतकाले स्टेस्नरी सामाग्री खानेपानी सहितका सामान सहयोग गरेका थिए ।


