सागुरीगढी खुल्ला नकआउट फुटवल प्रतियोगिताको फाईनल भोलि

धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिका ९ मा जारी खुल्ला नकआउट फुटवल प्रतियोगितामा आज सेमिफाईनलका २ वटा खेलहरु भएकाछन् ।

जसअनुसार सागुरीगढी गाउँपालिका फाक्सिव र वराह क्षेत्र नगरपालिका १ चियावारी वीचको खेलमा ४-२ गोल अन्तरले वराह क्षेत्र नगरपालिका १ चियावारी फाईनलमा प्रवेश गरेको छ । भने धरान २० र सागुरीगढी ९ भञ्ज्या वीचको खेलमा ० को विरुद्ध १ गोल लगाउदै धरान २० फाईनलमा प्रवेश गरेको छ ।

लक्ष्मी देउराली फुटवल क्वलको आयोजना तथा सागुरीगढी गाउँपालिकाको सहयोगमा सञ्चालित प्रतियोगिताको फाईनल खेल भोलि १० वजे देखी हुनेछ ।

प्रतियोगिताको प्रथम टिमले नगद १ लाख सहित कप,मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ भने दोश्रो हुने टिमले नगद २५ हजार सहित कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सागुरीगढी गाउँपालिकाको २ लाख आर्थिक सहयोगमा सञ्चालन भईरहेको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।