वालदिवसको अवसरमा धनकुटाको कुरुलेमा खुल्ला वाल नृत्य प्रतियोगिता

धनकुटा । वालदिवसको अवसरमा आज धनकुटाको कुरुले तेनुप्पा माविको चेतनशिल वालक्लवले खुल्ला वाल नृत्य प्रतियोगिता सञ्चालन गरेको छ ।

१६ वर्ष मूनिका वालवालिकाले सहभागिता जनाएको प्रतियोगितामा नवजागृत लाफा युवा क्लव सुरङ्गी प्रथम, सोगुने लाफा युवा क्लव दोश्रो र श्री जाल्पादेवि प्रावि सुरुङ्ग तेश्रो भएका छन् ।

विजयी समूहहरुलाई क्रमश नगद १२ सय, ८ सय ५ सय पुरस्कार प्रदान गरिएको क्लवले जनाएको छ । कार्यक्रम क्लवका अध्यक्ष सञ्जय मगरको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक वीर वहादुर वाजीको प्रमुख आतिथ्यमा भएको थियो ।

सञ्चालन क्लवका सचिव विशाल लिम्वुले गर्नुभएको थियो । भने स्वागत मन्तव्य क्लवका सहसचिव निरुपा लिम्वुले राख्नुभएको थियो । वालदिवसको औचत्य विद्यालयका शिक्षक नवराज ढुङ्गानाले प्रकाश पार्नुभएको थियो । प्रतियोगितामा ९ समूह सहभागी थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।