धरान-२० स्वाँराले हात पार्यो सागुरीगढी खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि !
धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिका ९ मा सञ्चालित खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि धरान उपमहानगरपालिका २० स्वाँराले जितेको छ ।
वराहक्षेत्र नगरपालिका १ चियावारी सँग फाईनलमा भीडेको उसले ० को विरुद्ध १ गोल लाउदै उपाधि जितेको हो । जीत सँगै उस्ले नगद रु १ लाख सहित कप,मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।
दोश्रो स्थानमा चित्त वुझाएको वराहक्षेत्र नगरपालिका १ चियावारीले नगद रु २५ हजार सहित कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
लक्ष्मी देउराली फुटवल क्वलको आयोजनामा भएको सो प्रतियोगितामा वराहक्षेत्र नगरपालिका १ चियावारीका मनोज राई उत्कृट खेलाडी,धरान स्वाँराका प्रवेश राई उत्कृष्ट गोल कर्ता र धरानकै दिवस राई उत्कृष्ट गोल किपर घोषित भएकाछन् । उनीहरुलाई ट्रफी पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
सागुरीगढी गाउँपालिकाको २ लाख आर्थिक सहयोगमा गत २२ गतेदेखी प्रतियोगिता सञ्चालन भएको थियो ।


