खोकुको सुन्तला प्रवद्रधनका लागि माथिल्लो कोप्चेमा अरेन्ज सिटी अभियान : चिटिक्क देखियो माथिल्लो कोप्चे (भिडियो सहित)

धनकुटा । धनकुटा सदरमुकामको माथिल्लो कोप्चेका सबै घरमा सुन्तला रङ्ग पोतेर अरेन्ज सिटी अभियान चलाइएको छ । रसिलो र गुलियो सुन्तला प्रवद्र्धनका लागि फरक जातजाति र रहनसहन भएका सबै घरमा चिटिक्क पोतिएको एकै किसिमको रङ्गले अनेकतामा एकताको सन्देश दिएको छ ।

सुन्तलाको पकेट क्षेत्र घोषित सहिदभुमी गाउपालिकाको खोकु गाउमा उत्पादन हुने गुणस्तरीय सुन्तलाले देश विदेशमा धनकुटालाई चिनाएकाले सदरमुकामको माथिल्लो कोप्चे टोलमा चाहि खोकुको सुन्तला प्रवद्र्धनका लागि अरेन्ज सिटी अभियान चलाइएको धनकुटा नगरपालिका वडा नं ५ का अध्यक्ष धन बहादुर राइले बताउनु भयो ।

घर–घरमा पोतिएको रङ्ग सुन्तलाको पहिचान र प्रवद्र्धनसँग मात्रै सीमित छैन । यसमा सहअस्तित्व, भाईचारा र विविधताभित्र एकता पनि झल्किएको स्थानीयको दाबी छ । गोकुन्डेश्वर बालमन्दिर मावि धनकुटाका प्रधानाध्यापक दामोदर मिश्र ।

टोलका सबै ९० वटै घरमा मात्रै होइन, यहाँका चोक–चौतारी, मठ मन्दिर, पार्टी कार्यालय, विद्यालय र खेलमैदानका भित्तामा समेत सुन्तला रंगले सजिसजाउ बनाइएको छ । देशभरका उत्कृष्ठ सफा शहरमध्ये उत्कृष्ट गनिएको धनकुटाको पहिचानमा अरेन्ज सिटी थपिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।