सन्देश बचाउ अभियान : आर्थिक संकलन शुरु, नुवाकोटका टिकादत्त ढकालले गरे सहयोग
धनकुटा । करेन्ट लागेर अपांगता भएका धनकुटा चौबिसे गाउँपालिकाका ७ बर्षिया बालक सन्देश तामाङ्गको उपचारको लागि आर्थिक संकलन शुरु भएको छ ।
यसै क्रममा नेपाल ईलेक्ट्रिसिटी अथोरेटीमा कार्यरत टिकादत्त ढकालले रु ५ हजार सहयोग गर्नुभएको छ ।
नुवाकोट २ लिखु गाउँपालिका स्थाई घर भएका ढकालले सामाजिक सन्जाललमा सन्देशको दयानिय अबस्था बारे जानकारी पाएपछि उक्त सहयोग गर्नुभएको जानकारी दिनुभयो ।
उहाँले उक्त नगद धनकुटा खबरको खातामा जम्मा गरिदिनुभएको छ । २०७२ सालमा करेन्ट लागेर दाहिने पाटो टाउकोबाट खुट्टा सम्म जलेर एक हाल तर कान गुमाएका सन्देशको पछिल्लो ४ महिना अघि लडेर पुनः टाउकामा चोट लागेको थियो ।

करेन्ट लागेको समयमा उनको उपचारका लागि ऋण काढेको १० लाख ५० हजार र निजी ५ लाख गरी १५ लाख ५० हजार खर्च गरेको थियो ।
तर पछिल्लो ४ महिना पछि भने उनी फेरी बिरामी हुंदा उनका बाउ आमा बेपत्ता भएर उनलाई समस्या भएको समचार धनकुटा अनलाईनले भदौ २६ मा उनको प्रकाशन गरेको थियो ।
त्यसपछि धनकुटा खबर अनलाईनले आफ्नो तर्फबाट ११ हजार १ सय ११ सहयोग गर्दै सन्देश बचाउ अभियान शुरु गरेको थियो । यो अभियान र टिकादत्तको सहयोग गरी कोषमा १६ हजार १ सय ११ जम्मा भएको छ ।
संकलित रकम ३ लाखको हाराहारीमा संकलन भएपछि वा आवश्यक परेको खण्डमा तत्काल सन्देशलाई हस्तान्तरण गरिने धनकुटा खबरका सन्चालक बिष्णु बिक्रम निरौलाले जानकारी दिनुभयो ।
डक्टरले टाउकाको घाउ निको पार्न र उक्त ठाउँमा केस उमार्न २ लाख ५० हजार लाग्ने बताएको सन्देशका बाजे जीतबहादुर तामाङ्गले जानकारी दिनुभएको छ ।
पोखरा, हङ्गकङ्गमा रहेका नेपालीहरुले समेत सहयोग गर्ने फोन सम्पर्क भईरहेको छ ।

ईच्छुक सहयोगीहरुले “धनकुटा खबर नेटवर्क सर्भिस प्रा.लि.“, जनता बिकास बैंक – पाख्रीबास शाखा धनकुटा, खाता नं ०२६००२०४७७४७२०१ (026002047747201) मा सहयोग जम्मा गर्न आग्रह गरिएको छ ।
थप जानकारीको लागि यो लिङ्कमा क्लिक गर्नुहोस् – मलाई मेरो ममी-बाबाले छाडेर जानु भो, म बाँच्न चाहन्छु, मलाई बचाऊनुहोस्


