संविधानको पूर्ण कार्यन्वयनले मात्र सबै नेपाली खुसी र सुखी बन्ने

धनकुटा । आज संविधान दिवसको अवसरमा धनकुटामा संविधान दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले संविधानको पूर्ण कार्यन्वयनले मात्र सवै नेपाली खुसी र सुखी बन्ने  बताएका छन ।

धनकुटाको सहिद भीम नारायण चौक सिरानबजारबाट राष्टसेवक कर्मचारीहरु, जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधिहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी समाजिक संघ संस्थाका प्रतिनिधि, शिक्षक तथा विद्यार्थीहरु सम्मिलित शुरु भएको र्यालिले धनकुटा बजारको विभिन्न भागहरुको परिक्रमा गरी त्रिवेणी उच्च माविको परिषदमा पुगी विशेष कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रममा प्रदेश सांसद इन्द्रमणी पराजुलीले संविधानको कार्यन्वयनसंगै सवैको अधिकार सुनिश्चित हुने भएकाले संविधानको सफल कार्यन्वयनमा सवै एकजुट हुनु पर्नेमा जोड दिनु भयो ।

धनकुटा जिल्ला समन्वय समितिका प्रमुख तथा संविधान दिवस मुल समारोह समिति धनकुटाका संयोजक टंक वहादुर चुवानको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सिताराम कार्की,नेकपा धनकुटाका प्रतिनिधि तिलक राई,नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटाका सचिव विदुर खवास लगायतले संविधानको पूर्ण कार्यन्वयन भएपछि सुवै खुुसी र सुखी हुने भएकाले संविधानको कार्यन्वयमा सवै जुट्नु पर्ने आजको पहिलो आवाश्यक्ता रहेको वताउनु भयो ।

सोही समारोहमा संविधान दिवसकै अवसरमा आयोजना गरिएको निवन्ध प्रतियोगितामा प्रथम हुने श्रीमान टंक मावि भीरगाउ छात्रा कृतिका खतिवडा,दोस्रो हुने गोकुण्डेश्वर काल मन्दिर मावि धनकुटा ५ का छात्रा देवका भण्डारी र तृतिय हुने भाषा मावि कागकतेका यूवराज हमाललाई प्रदेस सांसद इन्द्रणी पराजुलीले नगद पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो भने कार्यक्रमको संचालन जिल्ला समन्वय समिति धनकुटाका समन्वय अधिकारी तिर्थ प्रसाद धितालले गर्नु भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।