धनकुटा नगरपालिकामा ५ बर्ष देखि १२ बर्ष उमेर समूहका बालबालिका विद्यालय बाहिर नरहेको घोषणा
धनकुटा । “एक बच्चाको खर्च मेरो सामाजिक दायीत्व, पहुचको सुनिनश्चता सिकाइको स्थायीत्व ” भन्ने मूल नारा सहित धनकुटा नगरपालिकामा ५ बर्ष देखि १२ बर्ष उमेर समूहका बालबालिका विद्यालय बाहिर नरहेको घोषणा गरिएको छ ।
धनकुटा नगरपालिकाले आयोजना गरेको घोषणा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिती धनकुटाका प्रमुख टंक चुवानले धनकुटा नगरपालिका भित्र ५ बर्ष देखि १२ बर्ष उमेर समूहका बालबालिका विद्यालय बाहिर नरहेको घोषणा गर्नुभएको हो ।
नगरपालिकाका प्रमुख चिन्तन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सिताराम कार्की , उपप्रम्ुख सकुन्तला बस्नेत,शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रामबहादुर थापा,धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकादत्तराई लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका प्रमुख टंक चुवान , प्रमुख जिल्ला अधिकारी सिताराम कार्की, विकास तथा समन्वय इकाईका प्रमुख रामबहादुर थापा ले धनकुटा नरपालिकाले यो घोषणा सगै बाल मैत्रि नगर घोषणा गर्ने अभियानको एउटा सूचक पूरा गरेको बताएका छन ।
कार्यक्रममा बोल्दै नगर प्रमुख चिन्तन तामाङले ५बर्ष देखि १२ बर्ष उमेर समूहका बालबालिका विद्यालय बाहिर नरहेको घोषणा गर्न सक्नु नगरको सफता भएको बताउनु भयो ।
कार्यक्रममा ५ बर्ष देखि १२ बर्ष उमेर समूहका बालबालिका विद्यालय बाहिर नरहेको नगर घोषण गर्न सहयोग गर्नुहुने विभिन्न व्यक्तित्वहरुलाई प्रसांसपत्र दिइएके थियो । धनकुटा नगरपालिकामा बालविकास देखि कक्षा १० सम्म १० हजार विद्यार्थी रहेको धनकुटा नगापलिकाका शिक्षा शाखा प्रमुख देवि सुवेदीले बताउनु भयो ।


