हाङसुवा कृषी समूह धनकुटाको नवनिर्मित भवन उद्घाटन

धनकुटा । हाङसुवा कृषी समूह धनकुटा ४ को नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ ।

समूहका उपाध्यक्ष ईन्द्र कुमारी राईको अध्यक्षता तथा प्रदेश सांषद निरन राईको प्रमुख आतिथ्यमा सञ्चालित एक कार्यक्रमको वीच समूहको नवनिर्मित पक्की भवनको उद्घाटन गरिएको हो ।

प्रदेश सांषद राईको पहलमा प्राप्त ३ लाख वजेटवाट भवन निर्माण भएपछि अव समूहलाई आफ्नो काम गर्न थप सहज हुने समूहका अध्यक्ष दिल कुमारी आठपहरिया राईले जानकारी दिनुभयो ।

२०७० सालमा गठित यो कृषी समूहले वाख्रा पालन, च्याउ खेती, तरकारी खेतीको काम गर्ने गरेको अध्यक्ष राईको भनाई छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।