ठाऊँको अभाब देखाऊँदै धनकुटामा निर्माण गरियो ‘खोलामै खेलमैदान’ ! – हेर्नुहोस् भिडियो सहित
धनकुटा । धनकुटाको साँघुरीगढी गाँउपालीकाले स्थानको अभाब देखाउदै खोलामै खेलमैदान निर्माण गरेको छ ।
गाँउपालिकाले वडा नम्बर चारको फेदी स्थीत लेउति खोलामा खेल मैदान निर्माण सुरु गरेको हो ।
बितेको आर्थिक बर्ष गाँउपालिकाले करिब तिनलाख रुपैया छुट्याएर बगर सम्याउने काम गरेको छ । मैदानमा गिटीनै गिटी भएका कारण खेल्न सक्ने अबस्थामा भने छैन ।
बर्खामा आउने बाढिले जुनसुकै बेला पनि धार परिबर्तन गरी मैदान वाटै खोलो बग्न सक्ने अबस्था रहे पनि गाँउपालिकाले सो को कुनै प्रवाहनै नगरी मैदान निर्माण गरेको हो ।
सुरक्षित स्थानमा मैदान निर्माण गर्न स्थान अभाव भएकाले सोहि स्थानमा खेलमैदान निर्माण गरिएको वडाध्यक्ष खड्ग लिम्बुले जानकारी दिनुभयो ।
https://youtu.be/fAmYcOT49ig


