धनकुटामा चक्का जाम !

धनकुटा । पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता र निर्मला पन्तको हत्यारालाई चाँढो पत्ता लगाउन माग गदै नेबिसघं धनकुटाले प्रदर्शन गरेको छ ।

देश ब्यापी कार्यक्रम अन्तरगत नेबिसघं धनकुटाले कोशि राजमार्ग अन्तरगतको धनकुटा स्थीत क्याम्पस गेटमा आज चक्का जाम गरेको हो ।

बिहान दश बजे देखि ११ बजे सम्म चक्काजाम गरिएको थियो । चक्काजामका कारण तराइवाट तेह्थुम संखुवासभा र भोजपुरको लागि हिडेका सबारीसाधन एक घण्टा सम्म बिच बाटोमै रोकिएका थिए ।

जिल्ला स्थीत नेबिसघंका नेता तथा कार्यकर्ता बिभिन्न प्लेकार्ड सहित एक घण्टा सडकमै बसेको थिए । पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको र निर्मला पन्तको हत्यारालाइ पत्ता लगाउन ढिलाइ गरेको भन्दै सरकार बिरुद्ध नाराबाजी समेत गरेको थिए ।

आफ्ना माग लाइ बेबास्ता गरे आन्दोलनलाइ थप ससक्त बनाइने धनकुटा बहुमुखी क्याम्पसका नेबिसंघ सभापती सरोज धमलाले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।