छथरजोरपाटीका विद्यार्थीले निःशुल्क पाए पोशाक, कापी र कलम
धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा न २ मा रहेको नबनिकेतन प्राथमिक विद्यालयले विद्यार्थीलाई पोशाक, कापी, कलम वितरण गरेको छ ।
विद्यालयले ४८ जना छात्र छात्रा लाई एक एक जोरका दरले निःशुल्क ट्रयाक सुट वितरण गरेको हो । त्यस्तै स्थानिय समाजसेवी बुद्धिमान रानामगरबाट कापी, कलम, पेन्सील लगाएको ५ हजार मूल्य बरावरको उपलब्ध भएको शैक्षिक सामग्री वितरण गरीएको विद्यालयका शिक्षक लोकमणी घिमिरेले जानकारी दिए ।
साथै कार्यक्रमा ३ जना अभिभावक लाई दोसल्ला र सम्मान पत्र सहित सम्मान गरीएको थियो ।



