वनका फलफूलबाट आम्दानी !

धनकुटा खबर । वन जंगलमा पाईने र त्यसै खेर गई रहेका फलफुल बेचेर धनकुटाको छथरजोरपाटी गाउँपालिका ४ का स्थानियले आम्दानी लिन थालेका छन् ।

बसाई सराई बाट स्थानियले घर वरपर लगाएका आँप कटहर, लिचि, केरा अम्वा, एबोकाड लगायत फलफुका बगैचा त्यसै छाडेका छन् ।

बसाई सराई गर्नेले फलफुल लगाएर छोडे अहिले त्यसको आम्दानी भने यहाँ जती बसेका स्थानियले लिई रहेको स्थानिय चन्द्रप्रसाद पराजुली बताउछन् । उनले भने त्यसै पनि फलफुलका लागि यो क्षेत्र राम्रो हो त्यसमा पनि बसाई सराई जानेले लगाएर छोडेर गएका बगैचाको अम्बा, आपँ, लिची, केरा, कटहर, एबोकाड जस्ता फलफुल बेचेर अरुले पैसा कमाउदै छन् ।

यहाँको खत्रिथुम, दाहालबारी, पिप्ले, फडिरे लगाएत स्थानमा फलफुल उत्पादनका लागि अग्रणी रहेको स्थानिय बताउछन् तर संरक्षण गोडमेल अभावमा ठुला बगैचामा उत्पादन छट्दै गएको र सामुदायी बनमा रहेका फलफुल अझै पनि खेर जाने गरेको स्थानिय बासिन्दा कर्ण बहादुर लिम्बुले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।