नेपाल मगर महिला संघ धनकुटाद्वारा नयाँ कार्य समिति चयन
धनकुटा । नेपाल मगर महिला संघ धनकुटाको प्रथम अधिवेशनले सम्झना आले मगरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
नेपाल मगर संघ जिल्ला कार्यसमिति धनकुटाको आयोजनामा आज हिलेमा सञ्चालित अधिवेशनले चयन गरेको मगर महिला संघको उपाध्यक्षमा शान्ति आले मगर,सचिवमा विमला आले मगर र कोषाध्यक्षमा मनिषा थापा मगर रहेका छन् ।
त्यस्तै अन्य सदस्यहरुमा यमूना राना मगर, प्रीति ल्हायो मगर, टिका मगर, दिर्घमाया मगर, कमला सिंजाली ख र सुशिला आले मगर लगायत रहेका छन् ।

मगर संघ जिल्ला कार्यसमिति धनकुटाका अध्यक्ष जे वि घलेको अध्यक्षता तथा नेपाल मगर महिला संघका केन्द्रिय सदस्य एवम् १ नं प्रदेश संयोजक गायत्री आलेको प्रमुख आतिथ्यमा सञ्चालित अधिवेशनमा मगर महिला संघ सुनसरीकी सचिव पी के आले,नेपाल मगर युवा संघका केन्द्रिय सदस्य कृष्ण गोविन्द मगर लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।
सञ्चालन संघका जिल्ला सचिव चेत राना मगरले गर्नुभएको थियो ।



