पाख्रीवासको घर-घरमा डस्विन !

धनकुटा । स्थानियको ४० प्रतिशत र वडाको ६० प्रतिशत लगानीमा फोहर व्यवस्थापनका लागि धनकुटाको पाख्रीवास नगरपालिका ३ र ४ नं वडाको वजार क्षेत्रमा डस्विन राखिएको छ ।

वडाको वडागत योजना अन्तर्गत ३ नं वडाको १ लाख र ४ नं वडाको ३ लाख गरी जम्मा ४ लाखको लागतमा दुवै वडाको वजार क्षेत्रका घर-घरमा ५ सय १० वटा भन्दा वढी मध्यम क्षमताको र २० वटा ३२ लिटर क्षामताको डस्बिन राखिएको ४ नं वडाध्यक्ष शोवित निरौलाले जानकारी दिनुभयो ।

वढी क्षामताको २० वटा डस्विन वजार क्षेत्रको मुख्य मुख्य स्थान अर्थात मानिसको वाक्लो उपस्थिती हुने ठाउँहरुमा राखिएको र मध्यम साईजका डस्विन घर घरमा वितरण गरिएको हो ।

वजार क्षेत्रमा मध्यम साईजको अझै २१ वटा डस्विन आवश्यक देखएकोले वडाले चाडै डस्विन खरिद गरी वितरण गर्ने अध्यक्ष निरौलाले बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖