समाचार प्रभाब : अब सरस्वतीको मन्दिर संरक्षण गरिने

धनकुटा खबर । धनकुटाको छथरजोपाटी गाउँपालिको तेलिया प्राथमिक विद्यालयमा निमार्ण गरिएको सरस्वतीको मन्दिर संरक्षणको गरिने भएको छ ।

स्थानिय समाजसेवी भोलानाथ घिमिरेको अगुवाहिमा करिब आठ बर्ष पहिला निर्माण गरीएको मन्दिरमा केहि बर्ष सम्म दैनिक पुजा आजा रङ्ग रोगनको काम तथा मन्दिर बरपरको सरसफाई हुने गरेको थियो यो मन्दिरमा सरस्वती पुजा, भजन, ब्रतबन्द का साथै स्थानियले अन्य अवसरमा पुजा आजा गर्ने गर्दथे तर अहिले त्यस्ता पुजा आजा हुन समेत छाडेको छ ।

स्थानिय बासिन्दाको सहयोग र वडा कार्यलयको तर्फ बाट मन्दिरको दशैं अघिनै ढोका दरिलो बनाई मूर्ति, घण्ट र मन्दिरमा रहेका अन्य सामग्रीको सुरक्षित गरिने साथै चुन लगाउने सरसफाइ गर्ने, रङ्ग रोगनको काम समेत गरिने योजना बनाईएको छथरजोपाटी गाउँपालिका ४ वडा कार्यलयका कर्मचारी शंकरप्रसाद ओझाले धनकुटा खबर लाई बताए ।

केहि दिन अघि मात्र धनकुटा खबरमा ‘संरक्षणको पर्खाइमा सरस्वतीको मन्दिर‘  र्शिर्षकमा समाचार प्रकाशित भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।