बिद्युतको तार सर्ट हुँदा धनकुटामा भीषण आगलागी, ४ घर जलेर नष्ट

धनकुटा खबर । बिद्युतको तार सर्ट भई आगलागी हुंदा धनकुटाको महालक्ष्मी नगरपालिकामा चार घर जलेर नष्ट भएका छन् ।

नगरपालिका वडा नम्बर ४ स्थीत डाडाँखर्कमा स्थानीय ज्ञानबहादुर मगरको घरमा विधुत सर्ट भई अचानक आगलागी हुँदा छिमेकी कमलादेवी खड्का, रिपुमर्दन श्रेष्र्ठ र कालुमान राईको घर जलेर नष्ट भएको हो ।

विहान करिव साढे ११ बजेतिर सुरु भएको आगलागी स्थानीयबासी र सुरक्षाकर्मीको अथक प्रयासमा करिब ४ घण्टा पछिे नियन्त्रणमा आएको थियो ।

आगलागीले चार घरको ३१ लाख रुपैया वरावरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुरेन्द्र बहादुर गुरुङ्गले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖