धनकुटा नगरपालिका-६ लाई बाल मैत्रि वडा घोषणा गर्न यस्तो तयारी

धनकुटा । धनकुटा नगरपालिका वडा नं ६ लाई बाल मैत्रि वडा घोषणा गर्ने अभियान अन्तरगत सञ्चालन गरिएको बाल मैत्रि स्थानीय शााननको सूचकको अवस्था तथा आवधिक लगानी योजना निमार्ण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

धनकुटा नगरपालिका धनकुटाले आयोजना गरेको बालमैत्रि कार्यशालामा सहभागि सरोकारवालाहरुले बाल मैत्रि स्थानीय शााननको सूचकको अवस्था तथा आवधिक लगानी योजना निमार्ण गरेका हुन ।

२०७६ साल चैत्र भित्र बाल मैत्रि नगर घोषणा गर्ने नितिगत निर्णय गरेको नगरपालिकाले वडा नं ६ लाई २०७६ पौस मसान्तसम्ममा बालमैत्रि वडा घोषणा गर्ने जनाएको छ । वडालाई बाल मैत्रि नगर घोषणा गर्नुपर्ने ३९ सुचक मध्ये बाल मैत्रि स्थानीय शााननको सूचकको अवस्था तथा आवधिक लगानी योजना निमार्ण पनि एउटा सूचक रहेको धनकुटा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख नुसराज श्रेष्ठले जानकारी दिनुभयो ।

धनकुटा नगरपालिका वडा नं ६ का वडाध्यक्ष नरेश अध्यक्षतामा भएको उक्त कार्याशालामा धनकुटा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत टिकादत्त राई ,राजनितिक दलका प्रतिनिधि , नेपाल पत्रकार महासंघ धनकुटाका सचिब विदुर खवास , कान्तिपूर टेलिभिजनका उपसम्पादक विनोद घिमिरे , वडामा क्रियाशिल संघ सस्थाका प्रमुख, शिक्षक, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष , ,बाल क्लबका प्रतिनिधि, महिला संजालका प्रतिनिधि ,महिला स्वयमसेविका लगायतको उपस्थिती रहेको थियो ।

बालमैत्रि आचारसंहिता निमार्ण कार्यशालाको सहजीकरण वाल मैत्रि स्थानिय शासन राष्ट्यि सहजकर्ता विष्णुप्रसाद चौंबेले गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।