स्टेप धनकुटाद्वारा आगलागी सम्बन्धि प्रदर्शनी
धनकुटा । आगलागी नियन्त्रण गरेर धनजनको सुरक्षा गर्ने उदेश्यले स्टेप धनकुटाले धनकुटा बजारका बिभिन्न स्थानहरुमा १–१ घण्टाको अन्तरमा प्रदर्शन गरेको छ ।
धनकुटा नगरपालिकाको आर्थिक सहयोग तथा शसस्त्र प्रहरीको प्राबिधिक सहयोग बिभिन्न ६ स्थानहरुमा आगालागी सम्बन्धि प्रदर्शन गरेको हो ।
प्रदर्शनीमा आगलागी हुन नदिने उपाय र आगलागी नियन्त्रण सम्बन्धि प्रदर्शनी तथा जनचेतनामूलक कार्यक्रम गरिएको संस्थाका अध्यक्ष रजत पोखरेले जानकारी दिनुभयो ।

उक्त प्रदर्शनी हिले,कागते,देब्रेबास,बिहिबारे हटिया,भीमनारायण चौक,मदन चौकमा आगलागी सम्बन्धि सचेतनामूलक कार्यक्रम गरिएको थियो ।


