धनकुटाको बजारमा बिक्रिकालागि राखिएका खसि-बोका
दशै सुरु भए संगै धनकुटामा पनि गाँउ–गाँउबाट खसी, बोका, बंगुर कुखुरा लगायतका पशु तथा मासुजन्य पंछी लिएर बिक्रिका लागि आउनेको संख्या पनि ह्वात्तै बढेको छ ।
अन्य बेलामा भन्दा दशैमा खसी बोकाको कारोबार राम्रो हुने साथै खसी बोका बेचेरै दशै तिहारको खर्च जोहो गर्ने पनि धेरै हुने गरेका छन् ।
आज धनकुटाको विहिवारे बजारमा ४ हजार देखि २५ हजार प्रति गोटाका खसिबोका कारोबार भएका थिए । हेर्नुहोस् तस्विरमा



तस्बिर : विकास घिमिरे / धनकुटा खबर


