सामुदायिक रेडियोमा किशोरीको बहस : शारिरीक परिर्वतनलाई शंकुचित दृष्टिले हेरिनु समस्या
धनकुटा । ७ औ अन्तराष्ट्रिय वालिका दिवसको अवसरमा विश्वभरी किशोरीहरुको नेतृत्वका कार्यक्रम अर्थात गल्स टेकओभर अन्तरगत आज धनकुटा १ हिलेवाट प्रसारित रेडियो लालगिुरास १०५.२ मेगाहर्जवाट ‘सामुदायिक रेडियोमा किशोरीको बहस’ कार्यक्रम सञ्चालन गरिएको छ ।
वर्तमानवस्थामा किशोरीहरुको समस्या, उनीहरुको समस्या समाधानका लागि सरोकारवालाहरुको भूमिका लगायतको वारेमा कार्यक्रममा छलफल गरिएको हो ।
छलफलमा सहभागी किशोरी अभियान्ताहरुले कानुनले वन्देज गरेपनि समाजमा अझै वाल विवाहका घटना भईरहेको र किशोरावस्थामा किशोरीमा हुने शारिरीक परिर्वतनका कुराहरुलाई समाजमा अझै पनि शंकुचित दृष्टिले हेरिनुले विभिन्न समस्या भोग्नु परिरहेको वताएकाछन् ।

त्यस्ता घटना न्यूनिकरणका लागि आफु सम्वद्ध सञ्जालहरुले विभिन्न सचेतना मूलक कार्यक्रम चलाईरहदाँ समस्याहरु पनि आउने गरेको वताउदै आफुहरुलाई सहयोग गर्न सम्वन्धित पक्ष सँग अनुरोध पनि गरेकाछन् ।
वालअधिकार र वालिकाहरुको समानताका लागि क्रियाशील अन्तराष्टिय संस्था प्लान ईन्टरनेश्नल नेपाल, सामुदायीक रेडियो प्रसारक संघ र किशोरीहरुको संयोजनमा गरिएको यो कार्यक्रममा धनकुटा नगरपालिका वडा नं १ हिले र वडा नं २ भीरगाउँका वडा स्तरिय वालसञ्जाका अध्यक्ष प्रीतिशा घिमिरे र प्रीति खड्का सहभागी थिए । कार्यक्रम टेकओभर किशोरी राधिका मल्लले गर्नुभएको थियो ।
किशोरी अभियान्ताहरुले विद्यालयहरुमा पनि किशोरी मैत्री शौचालयहरु नहुँदा समस्या हुने गरेको वताएकाछन् । उनीहरुले अहिले आफ्ना वाल सञ्जालहरुले चलाएका सचेतना मूलक कार्यक्रमहरुमा आफ्ना परिवार तथा अन्य सम्वन्धित सरोकारवाला निकायले आवश्यक सहयोग गरिरहेको वताएकाछन् ।

कार्यक्रममा सहभागी वाल सञ्जालका अध्यक्षद्धय घिमिरे र खड्का सहित कार्यक्रम टेकओभर कर्ता मल्ललाई रेडियो लालीगुरासका स्टेशन म्यानेजर विदुर खवास र रेडियो सञ्चालक समितिका कोषध्यक्ष अच्यूत घिमिरेले प्रमाण पत्र वितरण गर्नुभएको थियो ।


