चौविसेमा खुल्ला नकआउट फुटवल : धनकुटा, तेह्रथुम, पाँचथर र मोरङका २६ टिम सहभागी
धनकुटा । धनकुटाको चौविसे गाउँपालिका कुरुले तेनुपामा खुल्ला नक आउट पुरुष फुटवल प्रतियोगिता जारी छ ।
साईनिङ स्र्पोटिङ क्लव कुरुले तेनुपा सुरुङगीको आयोजनामा २४ गतेदेखी जारी प्रतियोगिता अन्र्तगत आज विभिन्न ९ वटा खेलहरु भएकाछन् ।
जसअनुसार कोशी भ्याली कुरुले तेनुपा भैसेटार र आयोजक सुरुङगी वीच को खेलमा ० को विरुद्ध ३ गोल लगाउदै भैसेटारलाई आयोजक सुरुङगीले पाराजित गरेको छ । त्यस्तै मुढेवास शूक्रवारे र मौनावुधुक वीचको खेलमा १ को विरुद्ध ५ गोल लगाउँदै मुढेवास शूक्रवारेले मौनावुधुकलाई हराएको छ भने धनकुटा नगरपालिका २ भीरगाउँ र मोरङ पाटीगाउँ वीचको तेश्रो खेलमा २ को विरुद्ध ६ गोल लगाउदै मोरङ पाटीगाउँले भीरगाउँलाई पराजित गरेको छ ।
त्यस्तै गरी चौविसे गाउँपालिका कुरुले तेनुपा धनकुटा र तेह्रथुम सञ्चकन्यावीचको खेलमा २ को विरुद्ध ४ गोल लगाउदै पञ्चकन्याले कुरुले तेनुपालाई हराएको छ । भने कुरुले तेनुपा वुढासुव्वा ए र के वाई सि राजारानी वीचको खेलमा ३ को विरुद्ध ५ गोल लागाउदै केवाईसिले वुढासुव्वा ए लाई पराजित गरेको छ ।
यता चौविसे गाउँपालिका ८ जेविटार सोक्रोप्पा र आयोजक सुरुङगी वीचको खेलमा १ को विरुद्ध २ गोल लगाउदै आयोजक सुरुङगीले सोक्रोप्पालाई हराएको छ । त्यस्तै माथिल्लो गिद्धे लोफादिन र शूक्रवारे वीचको खेलमा ० को विरुद्ध ४ गोल लगाउदै शूक्रवारेले लोफादिनलाई हराएको छ भने राजरानी रारा फुटवल क्लव र तेह्रथुम पञ्चकन्य वीचको खेलमा १ को विरुद्ध ३ गोल लगाउदै तेह्रथुम पञ्चकन्याले जित निकालेको छ । र मोरङ पाटीगाउँ र के वाई सि राजारानी वीचको खेलमा ट्राईव्रेकरमा ४ को विरुद्ध ५ गोल लगाउदै के वाई सि राजारानीले मोरङ पार्टी गाउँलाई पराजित गरेको छ ।
धनकुटा, तेह्रथुम, पाँचथर र मोरङ जिल्लाका २६ टिम सहभागी प्रतियोगिताको विजयी प्रथम टिमले नगद ४० हजार सहित मेडल,ट्रफी र प्रमाणपत्र हात पार्ने छ भने दोश्रो हुने टिमले नगद ३० हजार सहित मेडल र प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सेमिफाईनल र फाईनल खेल भोलि हुने छ।


